हाम्रो देश
२१ फाल्गुन २०७७, शुक्रवार

सानेपा हत्याकाण्ड: आत्महत्या गरेका कामदार चौधरी मुनासँगै बढी ‘क्लोज’ थिए !

काठमाडौं : सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीपत्नी मुना कार्की हत्याको अनुसन्धान तिव्र गतिमा हुन सकेको छैन । तर जटिल हत्याकाण्ड भएका कारण प्रहरीले विभिन्न कोणबाट यो प्रकरणको अनुसन्धानलाई जारी राखेको छ । प्रारम्भिक नतिजाको आधार सीसीटिभी फुटेजमा देखिएका हत्या भएको दिनका दृश्य, आत्महत्या गरेको भनिएका कामदार विजय चौधरी र हत्या गरिएकी मुनाको मोबाइलको ल्याब परिक्षणलाई बनाइएको थियो । यसबाहेक उक्त घरमा काम गर्ने अन्य व्यक्ति, हत्याका दिन सम्पर्कमा देखिएका अनेकसँग प्रहरीले बयान लियो भने पूर्वसचिव कार्कीको पनि बयान लिइएको थियो ।

कार्कीले प्रहरीलाई दिएको ब’यानले पनि हत्याको खास कारणको फेरो समात्न प्रहरीलाई कठिन भएको छ । मुनासँग नै कामदार बिजय घरका स–साना विषयमा बढी ‘क्लोज’ भएको कार्कीको बयान आएपछि उक्त प्रकरणको अनुसन्धान अझ लामो हुने प्रष्ट देखिएको छ । २७ माघमा भएको उक्त प्रकरणका विषयमा कार्कीको बयान तीन सातापछि प्रहरीले लिएको थियो । उनले बयानका क्रममा चौधरीले हत्या नै गर्नुपर्ने त्यस्तो खास कारणबारे पत्तो नभएको, त्यस्ता शंकास्पद गतिविधि वा व्यवाहार नदेखिएको प्रहरीलाई बताएका थिए ।

चौधरी, चौधरीको परिवारमा कुनै प्रकारको असमझदारी आफ्नो परिवारसँग नरहेको बताएका कार्कीले आफूभन्दा बढी मुनासँगै उनी ‘क्लोज’ रहेको बताए । मुनाले नै कामदार चौधरीलाई काम लगाउने, पैसा दिनेलगायतका काम गर्थिन् । बरु, कार्कीले भनेका छन्,‘कहिलेकाहीँ काम छिटो नगरेको भनी सामान्य झपार्ने काम हुन्थ्या होला तर हत्या नै गर्ने चरणमा चौधरी किन पुग्यो थाहा छैन ।’

प्रतिकृया दिनुहोस्