हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

अमेरिकाको सडकमा डलरको बर्षा

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा शुक्रबार एउटा रोचक घटना भयो । कार्ल्सब्याड हाइवेमा गुडिरहेको एउटा ट्रकको पछाडिको ढोका अ’चानक खुल्यो र त्यहाँबाट डलर भरिएका कैयौं ब्यागहरु हावामा उडे ।

त्यसपछि उछिट्टिएका ब्यागहरुबाट डलरका नोटहरु सडकमा उड्न थाले । केही बेरका लागि सडकमा नोटको वर्षा भइरहेको जस्तो देखियो ।यस क्रममा सडकबाट गइरहेका मानिसहरुले आफ्नो गाडी रोखेर डलर बटुल्न थाले । जो जहाँ थिए त्यहीँ रोकिए र नोट जम्मा गर्न थाले ।

यस क्रममा सडक पूरै जाम भयो । पुलिस अधिकारीका अनुसार घटना शुक्रबार बिहान सवा ९ बजेतिरको हो । ट्रक सान डि’एगोबाट फेडरल डिपोजित इन्स्योरेन्स कर्पको एक अफिसतिर गइरहेको थियो । डलर छरिएपछि मानिसहरुले बटुल्दा ट्रक ड्राइभरले वि’रोध गर्दा मानिसहरुले ड्राइभरलाई नै कु’ट्न खोजे ।

क्यालिफोर्नियाका हाइवे पट्रोल सार्जेन्ट कर्टिस मार्टिनका अनुसार ब्यागहरुमा एक डलर र २० डलरका नोटहरु थिए । पु’लिसले घटनाबारे जानकारी पाएपछि हाइवेको दुवैतर्फ सि’ल गरेको थियो । पु’लिसले घटनास्थलबाट बाहिरिने मानिसहरुको जाँचको लागि सडक सि’ल गरेको थियो । २ घण्टापछि सडकलाई सामान्य रुपमा खोलियो ।

पु’लिसले मानिसहरुलाई डलर फिर्ता दिन अपिल गरेको थियो । यस क्रममा केहीले बटुलेका नोट फिर्ता दिए । केही भने पैसा लिएरै कारमा बसे र फ’रार भए । पु’लिसलदे यसरी भागेका मानिसहरुलाई त्यो पैसा फिर्ता दिन अन्यथा का’नुनी कारवाहीको लागि तयार रहन चे’तावनी दिएको छ । संघीय जाँच ब्यु’रोले घटनाको जाँच गरिरहेको छ ।