हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

अभिनेत्री जेनिफर लोपेज चौथो विवाह बन्धनमा बाँधिदै

हलिउड गायिका एवं नायिका जेनिफर लोपेजले चौथो पटक विवाह गर्न लागेकी छन्।

उनले ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग चौँथो विवाह गर्न लागेकी हुन्। पछिल्लो समय लोपेज र एफ्लेकको गहिरो प्रेम सम्बन्धरहेको चर्चा हुँदै आएको थियो।

उनीहरु सार्वजनिक स्थानमा पनि धेरै पटक भेटिँदै आएको उल्लेख गरिएको छ। ५२ वर्षीया लोपेज छिट्टै रिलिज हुन लागेको चलचित्र ‘म्यारी मी’को प्रमोसनमा व्यस्त रहेकी छन् । उक्त प्रमोनकै क्रममा उनले आफ्नो विवाहबारे जानकारी दिएकी हुन् ।

उनले आफ्नो चौँथो विवाहपछि शतप्रतिशत खुशी प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन्। जेनिफर लोपेजले अभिनेता बेन एफ्लेकसँगको सम्बन्ध अघि ३ पतिसँग पारपाचुके गरिसकेकी छन्।