हाम्रो देश
१६ मङ्सिर २०७८, बिहिवार

ओली आज चितवन जाँदै, सौराहामा बुद्धिजीवीसँगको अन्तरक्रिया गर्ने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन्। शुक्रबारदेखि सुरु हुने एमालेको १० औँ महाधिवेशनको लागि ओली चितवन जान लागेका हुन्।

चितवनमा पुगेर ओलीले आजै सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए।

ओलीले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत समेत कार्यक्रम छ।

एमालेको शुक्रबार साढे १२ बजे नारायणी किनारमा उद्घाटन हुँदैछ।