हाम्रो देश
८ माघ २०७८, शनिवार

भीमसेनदास प्रधानले वाग्मती प्रदेशको पार्टी सभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले वाग्मती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ रहेको बताए । प्रधानले निष्ठाको राजनीतिक गर्दै आएको बताए ।

गणेशमान सिंहको शालिक अगाडि शान्तिबाटिकामा उभिएर आफूले उम्मेदवारी दिने घोषणा गरेर पत्रकार सम्मेलन गर्न आएको उनले बताए । आफूले वाग्मती प्रदेशका सभापतिका आकांक्षी इन्द्र बाँनियासँग पनि कुराकानी गरेको र आफ्नो बाटो खाली हुने विश्वास व्यक्त गरेका छन् ।