हाम्रो देश
११ माघ २०७७, आइतवार

नेपाल पर्वतीय गन्तव्य मात्र होइन

नेपाल किन जाने भन्ने प्रश्नमा धेरैजसोसँग एउटा जवाफ हुन्छ, पर्वतारोहणका लागि । हिमाली मुलुक हुनु, विश्वकै सर्वोच्व शिखर सगरमाथा हुनु जस्ता कुराले नेपाललाई ‘पर्वतीय गन्तव्य’को रुपमा चिनाएको छ । विश्वले के बुझेको छ भने, नेपाल भनेको पर्वतीय गन्तव्य हो । यसर्थ पर्वतारोहण वा साहसिक यात्राका लागि नेपाल पुग्नुपर्छ ।

हामीसँग भएको चुनौती भनेको विश्वमा नेपाललाई कसरी पर्यटनको उम्दा गन्तव्य हो भनेर चिनाउनु नै हो । पर्वतिय शृंखला त हाम्रो आकर्षण हो नै । यद्यपी त्यती मात्र काफी छैन । नेपाल जाने भन्नसाथ हिमाल चढ्नका लागि वा हिउँसँग खेल्नका लागि भन्ने जवाफ मात्रले अब हामीलाई ढुक्क बनाउँदैन । किनभने हामीसँग पर्यटकलाई लोभ्याउने र फर्की-फर्की नेपाल आउन बाध्य बनाउने थुप्रै आकर्षण छन् ।

त्यसो त मानिसहरुमा कस्तो प्रवृत्ति देखिएको छ भने, जीवनमा कहिल्यै नभोगेको अनुभव लिने ।

यो भनेको कहिल्यै नहिँडेको बाटो हिँड्ने, कहिल्यै नझेलेको हावापानी झेल्ने, कहिल्यै नचाखेको खानेकुरा चाख्ने, कहिल्यै नदेखेको दृश्यहरु हेर्ने । यही किसिमको रुची एवं प्रवृत्तिलाई अब हामीले सम्बोधन गर्नुपर्छ । यसका लागि हामीले पर्यटन विकासलाई प्रभावकारी बनाउनुपर्छ ।

शुुखी नेपाली

पर्यटन यस्तो उद्योग हो, जसले छिटो भन्दा छिटो नतिजा दिन्छ । पर्यटनको विकास सही ढंगले हुन सक्यो भने हाम्रो कायपलट हुन्छ । हामीले सजिलै र छिटै आर्थिक समृद्धि हासिल गर्नेछौ । साथसाथै पर्यटन भनेको दीगो क्षेत्र पनि हो ।

सरकारले एउटा नारा अघि सारेको छ नि, समृद्ध नेपाल, सुखी नेपाली । वास्तवमा यो नारालाई सार्थक तुल्याउन पर्यटन एक दरिलो आधार बन्नसक्छ । जब विश्वभरबाट यहाँ पर्यटकको ओइरो लाग्नथाल्छ, त्यसपछि हाम्रो आर्थिक उपार्जनको स्रोतहरु अथाह हुन्छ । चाहे पर्यटकलाई घुमाएर होस् वा खानाबस्न दिएर, आफ्नो कला प्रस्तुत गरेर होस् वा कुनै उत्पादन बेचेर, मनग्यै आय-आर्जन लिन सकिन्छ ।

दिपकराज जोशी

यसबाट मिल्ने अर्को लाभ भनेको सांस्कृतिक आदनप्रदान पनि हो । विश्वको कुनैपनि गोलार्द्धसँग हाम्रो सोझो सम्बन्ध स्थापित हुनेछ । त्यसपछि हाम्रा उत्पादन, हाम्रा संस्कृति, हाम्रा भाषाले अरु विस्तार हुने एवं झांगिने अनुकुलता पाउँछ ।

यसरी पर्यटन विकासबाट हामीले समृद्धि भित्र्याउन सक्छौ । सुखी नेपालीको नारालाई सार्थक तुल्याउन सक्छौं ।

सपना मात्रले पुग्दैन

पर्यटन भित्र्याउने कुरा त गर्‍र्यौ । पर्यटन विस्तारपछि हुने कायपलटको सपना त सजायौं । तर, यसका लागि हामीले आफुलाई केही परिवर्तन गर्नैपर्छ ।

विश्वमाझ हामीलाई कसरी चिनाउने, कसरी पर्यटकलाई आकषिर्त गर्ने, कसरी उनीहरुलाई पटक-पटक आउनका लागि बाध्य तुल्याउने, कसरी उनीहरुलाई यहाँ धेरै समय बस्न रुची जगाउने भन्ने कुरामा चाहि हामीले धेरै कुरा गर्नुपर्छ ।

कला-संस्कृति, खानपान, रहनसहनलाई कसरी हामी पर्यटकिय मूल्यमा ढाल्न सक्छौ ? यसबारे पनि मन्थन गर्नुपर्ने, अभ्यास गर्नुपर्ने देखिन्छ । साथसाथै पूर्वाधार विकास पहिलो प्रथामिकता हो । पर्यटकलाई गाँसबास, यातायातका लागि सहज हुने विधीहरु हामीले खोज्नुछ ।

नेपाल आउने बाटो नै साँघुरो

हाम्रो पछिल्लो अध्ययनबाट के थाहा भएको छ भने विश्वभरबाट थुप्रै पर्यटक नेपाल आउन उत्सुक छन् । तर, समस्या के छ भने नेपाल आउने बाटो नै साह्रै साँघुरो भयो । हवाई मार्गको कुरा ।

चाहेर पनि कतिपयले नेपाल आउन सकेका छैनन् । एकातिर हवाई टिकट पाउनै मुश्किल, पाइयो भने पनि अति महंगो । यही दुई कारणले नेपाललाई गन्तव्य बनाउन चाहने पर्यटकहरु अन्यत्र मोडिन्छन् ।

जब हामी कतै घुमफिर गर्ने योजना बनाउँछौ, गन्तव्यसम्म पुग्नका लागि चाहिने खर्च अर्थात ट्राभल खर्चले चाहि मनस्थितीमा ठूलो असर पर्छ । जान मन लागेको ठाउँमा पनि हामी जाँदैनौ, यात्रामै बढी खर्च हुन्छ भन्ने मानसिकताले ।

यात्रामा लाग्ने खर्च बढी भयो भने मान्छेहरु हच्किन्छन् । बरु होटल, खानपान वा अन्य सेवा सुविधा महंगो भएको उनीहरुले त्यती ख्याल गर्दैनन् । यात्रा खर्च भएको कुरामा चाहि सर्तक भइहाल्छन् ।

हामीकहाँ एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छन् । अन्तर्राष्ट्रिय उडान सीमित छन् । ति पनि महंगो र दुर्लभ छ । हामीकहाँ पर्यटक भित्र्याउनुको मूल चुनौती यही हो । यसैगरी गन्तव्यसम्म पुग्नका लागि सडक संरचना एकदम कमसल छ । खुसीको कुरा चाहि के भने, सरकारले अहिले सडक पूर्वाधारमा निकै राम्रो बजेट विनियोजन गरेको छ । कार्यन्वयन भएको खण्डमा यसले पर्यटन विस्तारमा पक्कै सघाउ पुर्‍याउनेछ ।

२० लाख पर्यटक आउँलान् ?

भ्रमण वर्षको क्रममा आगमी २०२० मा हामीले २० लाख पर्यटक भित्र्याउने लक्ष्य तय गरेका छौ । पछिल्लो केही बर्षयता पर्यटक बृद्धिदर हेर्दा हामीले यो लक्ष्य हासिल गर्नेछौ भन्नेमा हामी ढुक्क छौ । पछिल्लो तीन वर्ष यताको बृद्धिदर हेर्दा २५ प्रतिशतभन्दा बढी पाइएको छ ।

अब सन् २०२० मा ३० देखि ३२ प्रतिशत बृद्धिदर हासिल गर्‍यौं भने २० लाख पर्यटक भित्रिनेछन् । यत्तिका पर्यटक भित्र्याउनका लागि हामीले विश्वभर अनेक प्लेटर्फमबाट प्रचार-प्रसार गरिरहेका छौ । विभिन्न फोरम र डिजिटल माध्यामबाट नेपालप्रति उत्सुकता जगाउने काम गरिरहेका छौ ।

२० लाख पर्यटकलाई निम्त्याउनका लागि हामीले अहिले पूर्वाधार विकासमा पनि केही प्रगति भइरहेको पाएका छौ । जस्तो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्ग बन्दैछ, जो १२ घण्टा सञ्चालनमा आयो भने यसले १२, १५ वटा विमानलाई स्पेश दिनेछ । यसैगरी लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न भएमा हाम्रो हवाई मार्ग खुकुलो हुनेछ ।

हामीसँग के छ ?

मानौ हाम्रो प्रचार प्रभावकारी भयो । पर्यटकहरु नेपाल आउन उत्सुक भए । लक्षित पर्यटक भित्रिए भने हामीले उनीहरुलाई कसरी आतिथ्य दिन सक्छौ ? उनीहरुको भ्रमणलाई कसरी स्मरणिय र रोमाञ्चक बनाउन सक्छौ ? अब हामीले तयारी गर्नुपर्ने विषय यिनै हुन् ।

हुन त हामी सांस्कृतिक विविधताले भरिपूर्ण समाजमा छौ । हाम्रो संस्कृति, खानपान, रहनसहन सबैमा विविधता छ । मौलिकता छ । हाम्रा वेशभुषा, संस्कार, पर्व एवं उत्सव पनि भिन्न भिन्नै छन् । साथै यी सबै कुरा आफैमा लोभलाग्दा छन् ।

अब हामीले आफुसँग भएका यही संस्कृति, संस्कार, रहनसहन, खानपानलाई पर्यटकिय मूल्यसँग जोड्नुपर्छ । ठूला होटल, लज मात्र होइन, होमस्टेको माध्यामबाट पनि पर्यटकलाई आतिथ्य दिनुपर्छ । होमस्टे भनेको कुनै होटल होइन । होमस्टेमा पर्यटक यसकारण बस्न चाहन्छन् कि उनीहरु रैथाने परिवार र संस्कृतिसँग घुलमिल भएर नयाँ अनुभव लिन सकियोस् ।

हाम्रो हावापानी, भौगोलिक अवस्था पनि एकनास छैन । कतै कठ्यांगि्रने चिसो छ, कतै उर्खमौलो गर्मी छ, फेरी कतै सन्तुलित तापमान छ । यस्तो किसिमको विविधता पनि हाम्रो सम्पति हो । अर्कोतिर जैविक विविधता, अनेकथरी वन्यजन्तु पनि हाम्रा आकर्षण हुन् । यी सबै कुरासँग घुलमिल भएर पर्यटकले जीवनका रोमाञ्चक अनुभव लिन सक्छन् । उनीहरुले यसअघि कहिल्यै अनुभूत नगरेका अनुभव नेपालमै लिनका लागि आउनेछन् ।

पर्यटकहरु हिमाल वा प्राकृतिक सौन्दर्य मात्र हेर्न चाहदैनन् । उनीहरु कुनै मनोरम थलोलाई मात्र गन्तव्य बनाएर आउँदैनन् । बरु जीवनमा कहिल्यै नगरको अनुभव संगाल्नका लागि आउँछन् । यसका लागि नेपाल एक उपयुक्त गन्तव्य हो । हाम्रो बन्यजन्तु, संस्कृति, प्राचिन सम्पदा, पर्व एवं उत्सव यी कुराहरु आगन्तुकका लागि नितान्त नौलो हुनेछन् । विश्वमा कहीँ देख्न र भोग्न नपाईने यस्ता थुप्रै कुराहरु नै हाम्रो खास आकर्षण हुन् ।

एकिकृत विकासको खाका

पयर्टन यस्तो क्षेत्र हो, जो आफुमात्र विकास भएर पुग्दैन । अर्थात पर्यटन क्षेत्रलाई मात्र विकास गरेर यसबाट वृहत्तर लाभ लिन सकिदैन ।

पर्यटनसँगै जोडिएर आउने अरु थुप्रै कुरा छन्, जसको एकिकृत विकास अनिवार्य हुनुपर्छ । जस्तो बाटोघाटो । आहिलेको समस्या भनेको बाटोघाटो नै हो । गन्तव्यसम्म पुग्नका लागि पर्यटकलाई सहज बाटो छैन । घुमफिरका लागि सहज बाटो र यातायात छैन ।

पर्यटन विकासका लागि अन्य क्षेत्रको पनि सहयोगी भूमिका रहन्छ । जस्तो बाटोघाटो, बस्तीहरु सफा हुँदा, इन्टरनेट तिब्र हुँदा, होटल व्यवस्थित हुँदा पर्यटन विकासमा ठोस टेवा पुग्छ ।

(पर्यटन बोर्डका प्रवन्ध निर्देशक जोशीसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

तर, नेपालमा हिमाल मात्र छैन । नेपाल पर्वतारोहण र साहसिक यात्राका लागि मात्र उपयुक्त छैन । यो सानो सीमारेखाभित्र समेटिएको मुलुकमा अरु थुप्रै यस्ता कुरा छन्, जो अरु विश्वमा देख्नु, भोग्नु पाइन्न । जीवन-भोगाईका नितान्त नौलो एवं रोमाञ्चक स्मृति संगाल्नका लागि नेपाल पुग्नुपर्छ भन्ने कुरा विश्वमाझ पुर्‍याउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्