हाम्रो देश
८ माघ २०७८, शनिवार

खेलमा हारेपछि कमल थापाले लेखे- स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वाभाविक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापा अहिले पोखरामा छन् । उनी ‘१८औँ माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता’मा भाग लिन पोखरा पुगेका हुन्। मंगलवार भएको ५५ वर्ष समूहको सेमिफाइनल खेलमा उनी पूर्व राष्ट्रिय च्याम्पियन कृष्ण घलेसँग पराजित भएका छन् ।

आफू पराजित भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘कृष्णलाई बधाई, स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वाभाविक हो ।’ थापा राप्रपा महाधिवेशनअन्तर्गत अध्यक्षका लागि भएको निर्वाचनमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।