हाम्रो देश
८ माघ २०७८, शनिवार

मनाङमा भेँडीगोठ गएका एकजना सम्पर्कविहीन

लमजुङ – मनाङमा एक जना सम्पर्कविहीन भएका छन्। गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका- ४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन्।जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङसँगै तीन जना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए। बुधबार बिहान गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएका हुन्।

डिएसपी खड्काका अनुसार गुरुङसँग रहेका दुई जनाले प्रहरीलाई खबर गरेका थिए। मनाङमा सोमबारदेखि निरन्तर हिउँ परिरहेकाले घर फर्किने बेलामा हिमपहिरोमा परेको प्रहरीको अनुमान छ। बेपत्ता गुरुङको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। -न्युज कारखाना