हाम्रो देश
८ माघ २०७८, शनिवार

३० वर्षीया रबिनाले जन्माइन् ३ हात र ३ खुट्टा भएको बच्चा

काठमाडौं । ३० वर्षीया श्रीमती रबिना खातुनलले तीन हात, तीन खुट्टासहितको शिशुलाई जन्म दिएकी छिन् । खबर हो भारतको बिहारको । बिहारको गोपालगञ्जमा शुक्रबार रबिनाले सामुदायिक स्वास्थ्य केन्द्रमा नर्मल डेलिभरीका बेला एउटा अचम्मको बच्चा जन्माएसँगै अस्पतालमा अनौठो बच्चालाई हेर्नका लागि भीड उर्लिएको छ ।

जन्मेको दुई घण्टापछि पनि बच्चालाई दुध खुवाउन नसकिएपछि शिशुको स्वास्थ्य बिग्रन थालेको सीएचसीमा ड्युटीमा तैनाथ चिकित्सक डाक्टर आफताब आलमले बताए । सिन्ड्रोमका कारण यस्तो असाधारण शिशुको जन्म भएको हो, यस्तो एक लाख केसमा देखापर्ने तिचिकित्सकले उल्लेख गरेका छन् । डाक्टरका अनुसार परिवारका सदस्यले अल्ट्रासाउन्ड पनि गराएका थिए यद्यपी यस्तो अनौठो शिशुको जन्म हुन पुग्यो ।