हाम्रो देश
८ माघ २०७८, शनिवार

सुर्खेतमा माओवादी केन्द्रलाई ठूलो झडका, प्रभावशाली नेता शर्मा एमाले प्रवेश

सुर्खेत, २५ पुस । नेकपा माओवादी केन्द्र सुर्खेत जिल्ला कमिटी सदस्य याम प्रसाद शर्मा एमाले प्रवेश गर्नुभएको छ । नेकपा एमालेको आठौं सुर्खेत जिल्ला अधिवेशन उद्घाटन समारोहको पहिलो दिन पौष २३ गते उनी एमालेमा प्रवेश गर्नुभएको हो चिङ्गाड गाउँपालिका वडा न १ रजेना निवासी यामप्रसाद शर्मा चिङ्गाडका अगुवा नेता र प्रदेश ईन्चार्ज यामलाल कंडेल, पूर्व मन्त्री खड्कबहादुर खत्री र मोहनमाया ढकालको बिशेष पहलमा नेकपा एमाले प्रवेश गर्नुभएको हो ।

२०३१ साल जेठ ३२ गते रजेना काउलेमा जन्मनुभएका शर्मा बिगत लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सकृय नेताका रुपमा चिनिन्छन । २०४९ सालमा एमालेको सदस्यता लिएका शर्माले नेकपा एमाले चिङ्गाडलाई यहाँसम्मा ल्याईपुर्याउन महत्त्वपूर्ण योगदान दिने एक नेताका रुपमा परिचित हुनुहुन्छ । पार्टीका विभिन्न जिम्मेवारी बहन गर्दै चिङ्गाडको कम्युनिस्ट आन्दोलनला एकीकृत गर्ने हिसाबले २०५८ सालमा माओवादी केन्द्र तिर लाग्नुभएको थियो ।

उहाँलाई २०६१ सालमा धर्मेन्द्र वास्तोलाले ढाडखेतमा पार्टी प्रवेश गराउनुभएको थियो । शर्माले एमाले प्रवेश गरे लगतै वडा न १ बाट माओवादी केन्द्रको वडा कमिटी धरासायी अवस्थामा पुगेको शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो रजेनामा अब एउटै कम्युनिस्ट पार्टी रहन्छ त्यो एमाले हो । तत्कालीन अवस्थामा माओवादी केन्द्र छाया सरकारको प्रमुख समेत रहेका शर्मा गत निर्वाचनमा माओवादी केन्द्र चिङ्गाड वडा न १ बाट वडा अध्यक्षमा चुनाव लड्नुभएको थियो । शर्मा एमाले प्रवेश गरे लगतै चिङ्गाडमा आगामी निर्वाचन झन पेचिलो बन्दै जाने सम्भावना बढेको छ ।