हाम्रो देश
८ माघ २०७८, शनिवार

मंगलबार बढ्यो सुनको मूल्य

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रति तोला १ हजार २ सय २० रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ५ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५ पैसा कायम भएको छ ।