हाम्रो देश
८ माघ २०७८, शनिवार

एमाले अछाममा भीम रावल निकट नेतालाई हराउँदै ओली निकट चन्द्रबहादुर बोहोरा विजयी

भीम रावल निकट नेतालाई हराउँदै नेकपा एमाले अछामको अध्यक्षमा केपी शर्मा ओली निकट चन्द्रबहादुर बोहरा वियजी भएका छन्। ओली निकट बोहोराले ४३१ मत ल्याउँदा नेता भीम रावल पक्षीय उम्मेदवार प्रकाशबहादुर शाहले ३०७ मत प्राप्त गरे। बोहरा र शाहले प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए।

उपाध्यक्षमा शाह प्यानलका बलबहादुर कुँवर विजयी भएका छन्। सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल विजयी भए। दुई उपसचिवको पदमा सात जनाको उम्मेदवारी परेकोमा बोहरा पक्षका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन्।