हाम्रो देश
८ माघ २०७८, शनिवार

माघीको अवसरमा दुई दिन सार्वजनिक विदा

भैरहवा । माघी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार माघीको अवसरमा शुुभकामना सन्देश दिँदै दुई दिन सार्वजनिक विदा दिइएको जनाएका छन् ।

प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । यद्यपि माघ एक गते शनिबार परेकाले स्वतः विदा छ । दुई गते पनि प्रदेशभर विदा दिइएको हो । माघी थारु र मगर समुदायको लोकप्रिय चाड मानिन्छ । खासगरी माघी थारु समुदायले हर्षोल्लाससाथ मनाउने गरेका छन् । कोरोनाले यस वर्ष माघीका कार्यक्रम भने स्थगित भएका छन् ।