हाम्रो देश
८ माघ २०७८, शनिवार

टिपर घर भित्र पस्दा दुई लाख रुपैयाँ बराबरको क्षेती

पुस ३० शुक्रबार,रबिन्द्र बराल- मोरङ रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी २ स्थित गेउरिया नजिकै खोला नजिकै उत्तर बाट दक्षिण तर्फ गिटी बोकेर जादै गरेको को १ ख ७१९८ नं. को टिपर अचानक पन्चर भएको र सोही दिशाबाट आउदै गरेको को १ को ७१९५ नं.को टिपर राेकेर बनाउने क्रममा समेत रोकी बनाउदै गरेको अबस्थामा सोही दिशाबाट जादै गरेको को १ ख ७७९० नं. को टिफरले दुवै टिफरलाई पछाडि बाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

को १ ख ७१९८ नं.को टिपर चालक पथरी शनिश्चरे न.पा. ४ बस्ने बर्ष ३५ को युबराज खरेल तथा को १ ख ७१९५ नं. को टिफर चालक उर्लाबारी न.पा. ७ बस्ने बर्ष २८ को रण बहादुर धिमाल र को १ ख ७७९० नं. को चालक सुन्दरहरैचा न.पा. ३ गछिया चोक बस्ने बर्ष ४२ को यदुनाथ बास्कोटा सामान्य घाइते भएको रमाइलो प्रहरीले जनाएको छ ।

को १ ख ७७९० नं. को टिफरले को १ ख ७१९५ नं. को टिफर लाई पछाडी बाट ठक्कर दिदा को १ ख ७१९५ नं. को टिफर उछिटिदा पुर्ण रिमालको १ तल्ले घरमा भत्किएको दुई लाख बराबरको क्षती भएको र मानबीय कुनै क्षती नभए प्रहरीले जनाएकाे छ ।