हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

रेखा थापाको उजूरीमा पक्राऊ परेको भनिएकी सर्मिला वाइबा बुटबलमा

काठमाडौं, २३ फागुन । अभिनेत्री रेखा थापाको उजूरीमा पक्राऊ परेको भनिएकी सर्मिला वाइबाले आफू नियमित काममै रहेको बताएकी छिन् । उनले विभिन्न मिडियामा आफू पक्राउ परेको खबर सुनेर आश्चर्यचकित भएको बताइन् । वाइबाले आफू कामको सिलसिलामा बुटबलमा रहेको बताइन् । उनले भनिन्,‘म अहिले बुटबलमा कामको सिलसिलामा आएकी छु ।’

वाइबाले प्रहरीले डाकेपछि आफू पुग्न तयार भएको बताइन् । उनले भनिन्, ‘मलाई प्रहरीको फोन आएपछि आफै चौकीमा जान्छु ।’ वाइबामाथि अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा गाली गलौज गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । पल शाह प्रकरणलाई लिएर सेलिब्रिटीहरुबीच नै विवादास्पद अभिव्यक्तिहरु आइरहेका छन् । यसक्रममा गालीगलौज र आरोप प्रत्यारोप पनि बढिरहेको छ ।