हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

एकै टोलका ३ जनाको मृत्यु, शोकमा डुब्यो तनहुँको गणेशटोल

दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आइतबार भएको दु’र्घटनामा एकै टोलका तीनको मृ’त्यु भएपछि उक्त टोल शो’कमा डु’बेको छ । मुग्लिङबाट ऑबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जॉदै गरेको ग३च ६०१२ नम्बरको टाटा सुमो ठ’क्कर खॉदा टाटा सुमोमा सवार शुक्लागण्डकी नगरपालिका-८ गणेशटोलका तीनको मृ’त्यु भएको हो ।

दु’र्घटनामा एकै टोलका तीनको मृ’त्यु भएपछि सिङ्गो वडा शो’कमा परेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए। दु’र्घटनामा उक्त टोल निवासी रुद्रबहादुर सेन ठकुरी, लक्ष्मी खॉड ठकुरी र ओमप्रकाश गुरुङ (सोम) को मृ’त्यु भएको छ।

मृतकमध्ये रुद्रबहादुर नेपाली काङ्ग्रेस तनहुँका पूर्व सदस्य हुन् भने लक्ष्मी क्रियाशील सदस्य हुन् । ओमप्रकाश टाटा सुमोका धनी एवं चालक हुन् ।दु’र्घटनामा दश जना घा’इते भएकामा सबै खतरामु’क्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।