हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

पर्सागढीमा एमालेबाट प्रमुखमा गोकर्ण पाठक र उपप्रमुख पूजा चौधरीको नाम सिफारिस

वीरगञ्ज । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले पर्सागढी नगरपालिकामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमालेले पुनः मेयरमा गोकर्ण पाठकलाई अघि सार्ने निर्णय गरेको हो ।

०७४ सालको निर्वाचनमा पाठक ६७ मतले मात्रै पराजित भएका थिए । नगर प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ९ सय ६५ मत ल्याउँदा उनले ८ हजार ९ सय ९८ मत ल्याएका थिए ।

उपप्रमुखमा पूजा चौधरीको नाम सिफारिस गरिएको नेकपा एमालेको नगर कमिटी अध्यक्ष दुर्गा लामिछानेले जानकारी दिए । नगर कमिटीको वैशाख १ गते बसेको बैठकले उनीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो ।

पर्सागढी नगरपालिकामा यसपटक एमालेको जीत निश्चित जस्तै भएको नगर कमिटी अध्यक्ष लामिछानेले बताएका छन् । पर्सागढीमा ०७४ सालमा कांग्रेसले नगर प्रमुख, उपप्रमुख नगर कार्यपालिकाका बहुमत सदस्य जितेको थियो ।