हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

कविता : ‘म’

म मै हुँ मात्र म
मलाई काेही बन्नु छैन
बस् अाफ्नाे खानु छ रमाउनु छ
अरुसँग जे छ त्याे मसँग छैन
अरुसँग जे छैन त्याे सायद मसँग छ
म सकुनी बन्न सकिन
म नारद बन्न सकिन
त्यसैले त म फरक छु
किनकी म अरु हुदै हैन
म मै हुँ , मात्र म
मैले मलाई चिनेकाे छु
बुझेकाे छु मलाई
अाफ्ना क्षमता र
दुर्बलतालाई पनि
म घन्टाै रम्न सक्छु अाफैसँग
सम्झाउन सक्छु,
बुझाउन सक्छु
सधैँ
बाले फलानाे जस्तै बन्नु
अामाले ढिस्कानाे जस्तै बन्नु भन्नुहुन्छ
तर म कसरी अरु बन्न सक्छु र?
मलाई खसाल्न अाउदैन
पछार्न अाउदैन,
अालाेचना गर्न अाउदैन
दाह्रा छिपाइ बाेल्न अाउदैन
त्यसैले म मै हुँ अरु हुनै सक्दिन
मै भुत हुँ,
मै वर्तमान अनि
मेराे भविष्य पनि मै हुँ ,
कैलेकाही म झुक्किन्छु
साेच्छु अरु म जस्तै हाेलान्
सिधासाधा र इमानदार
चाकडी चाप्लुसीबाट पर
इर्ष्या ,डाहा र स्वार्थ रहित
तर,तर
म गलत भैदिन्छु
छाँगोबाट खसे झैँ भैदिन्छु
अनि फेरि साेच्छु
काेही काेही जस्ताे हुनै सक्दैन
न म ,न तिमी , न अरु
किन चिन्तित हुनु ?
किन पीर लिनु ?
किन दुःखी हुनु ?
यदि सबैकाे मन उस्तै हुन्थ्याे भने
एउटाकाे पीडाले अर्काकाे मन छुन्थ्याे भने
किन द्वन्द्व हुन्थ्याे ?
किन मनमुटाव हुन्थ्याे ?
किन अराजकता फैलिन्थ्याे ?
किन तछाडमछाड हुन्थ्याे ?
त्यसैले त म भन्छु
तिमी तिमी नै हाै
ऊ ऊ नै हाे

म म नै हुँ मात्र म ।