आउ प्रिय तिमि यहाँ तिम्रो काखमा
आउ प्रिय तिमि यहाँ तिम्रो काखमा बस्न मन लागेको छ
जुनि जुनी सयौ जुनि तिम्रै साथमा दिन बिताउने आशा छ
आउ प्रिय मेरो नजिक तिमि सँग भेट हुने चाहनामा छ
तिमिले दिएको मायाको आभास यो दिलले गर्छ
मेरो यो दिल बाट माया गरि यो मनले तिमिलाई बोलायो
यो दिलमा प्यारको नसा लागि मलाई बेहोस बनायो
मायाको फुल फुल्ने यो दिलमा प्रियसिलाई सजाएर राख्यौ
तिमिलाई चारैतिर हेरे मैले यो मेरो हृदयको माया चिन्यौ
मेरो मनको चाहनामा बस्यौ तिमी त्येसैले त बाचेको छु
तिम्रो बारेमा जति प्रशंशा गरे पनि अधुरो भएको छ
टाढा नजाउ प्रिय हजुरले, सँगै बसि गफ गर्न आउ
तिता मिठा जिन्दगिका कथाहरु तिमिले सुनाउ
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
Recent Comments