हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

कोलकाताले राजस्थानलाई हरायो

एजेन्सी : राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ । सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे ।

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ४८ रन बनाए । यस्तै रिन्कु सिंहले ४२ रनको योगदान गरे । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटम्मायर २७ रनको योगदान गरे । जितसँगै कोलकाता १० खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ । राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ ।