हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

राजश्व छलिको आरोपमा एभरेष्ट यति इन्टरनेश्नलका सञ्चालकविरुद्ध मुद्दा

ललितपुर : राजश्व अनुसन्धान विभागले राजश्व छलिको मुद्दामा भक्तपुर सूर्यविनायक स्थायी घर भएका एभरेष्ट यति इन्टरनेश्नलका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले कम्पनीका सञ्चालकहरू दिपककुमार देउवा र अचला थापा देउवाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध विभागले ९ करोड ६७ लाख ३२ हजार रुपैयाँ मागदाबी गरिएको छ । मूल्यअभिवृद्धि कर अन्र्तगत ३ करोड ४० लाख १८ हजार रुपैयाँ आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५६० रुपैयाँ राजश्व चुहावट गरिएको पाइएको छ ।

उनीहरूले राजश्व अनुसन्धान ऐन, २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (ग) र (झ) बमोजिम कसुर गरेको पुष्टी भएको पाइएको छ । त्यसैले सोही ऐनको दफा २ (छ)१ बमोजिम उक्त आर्थिक जरिवाना र कैद सजाय मागदाबी गरी अभियोग दायर भएको छ ।