हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न सेवामा ४५ प्रतिशतसम्मको विशेष छुट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउने भएको छ । विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग ४५ प्रतिशत छुट दिन सम्झौता गरेको हो ।

सम्झौतापश्चात् बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, विर्तामोडमा १० प्रतिशत, इमाडोलमा १० प्रतिशत, सौरहा र चितवनमा २० प्रतिशत छुट पाउने छन् । अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकअन्तर्गत विभिन्न योजनाहरुमा ४५ प्रतिशतसम्मको छुट रहेको छ ।

छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङकाे प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्ने छन् ।