हाम्रो देश
११ असार २०७९, शनिवार

ललितपुरमा चिरिबाबुलाई दोब्बर भन्दा बढी मतको अग्रता

ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाउदै लगेका छन् ।

७ हजार ७२६ मत गणना हुँदा महर्जनले चार हजार ४७३ मत पाएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ र राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ४२० मत पाएका छन् ।

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २००५ र नेकपा माओवादीका उम्मेदवार बाबुराज बज्राचार्यले १४६४ मत पाएका छन् ।