हाम्रो देश
१२ असार २०७९, आइतवार

आईपीएलः उपाधिको लागि आज राजस्थान र गुजरात भिड्दै

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आइतबार राति राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दै छन्।

खेल अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा सवा ८ बजे सुरु हुनेछन्।

शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ७ विकेटले पराजित गर्दै राजस्थान फाइनलमा पुगेको हो। राजस्थान सन् २००८ पछि पहिलो उपाधि जित्ने योजनामा छ।

गुजरातले भने पहिलो क्वालिफायर खेलमा राजस्थानलाई ७ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। गुजरात पहिलो सिजनमा नै आईपीएलको उपाधि उचाल्न चाहन्छ।

​लिग चरणमा भएका दुई भेटमा गुजरात हाबी भएको थियो। त्यसैले पनि राजस्थानको उपाधि यात्रामा गुजरात कठिन बन्न सक्नेछ।

तर, लिग चरणमा भोगेको हारको बदला लिँदै उपाधिको स्वाद लिने योजनामा छ।