हाम्रो देश
१३ असार २०७९, सोमवार

सिभिल बैंकको डेपुुटी सीइओमा रायमाझी नियुक्त


काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् ।

हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका सचिन जङ्ग रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गते देखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंक बाट बैंकिंग शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभू बैंक)मा गरी कुल एक्काइस बर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे चार वर्ष देखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भुमिका निर्वाह गरिसकेका उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पु¥याउनेमा बैंकले विश्वास लिएको छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पु¥याउनु भएको योगदानको उच्च कदर गरेका छन् । बैंकको संचालक समितिले उनँलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे ।