हाम्रो देश
६ माघ २०७७, मङ्गलवार

एसइईको नतिजा आज, यसरी हेर्नुहोस् नतिजा ! जानकारी सहित

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कार्यालयले हिँजै परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले आज दिउँसो १ बजे बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नअए आज नै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजा बिहिबार प्रकाशन गर्ने गरी बैठक डाकिएको हो । गत वर्षको चैत १० बाट सञ्चालित एसईई परिक्षाको नतिजा प्रकाशनको लागि अन्तिम रुजु र क्रस चेकिङको काम बुधबार मात्र सकिएकाले नतिजा प्रकाशन आज गर्न लागेको हो । बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । ‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोर्याउन भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उनले भने ।

बुधबार मध्यान्हसम्म बोर्ड बैठक नडाकिएको र अन्तिम रुजु र क्रस चेकिङको काम सकिएकाले आज बैठक बोलाईएको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले बताएका थिए । परीक्षाको नतिजा सम्बन्धि विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएको परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ। परीक्षा नियन्त्रण कार्यालयले हिँजै सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ।

२०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। सम्बन्धित निकायले नतिजा आउँदैछ प्रतिक्षा गर्नुहोस् भनिसक्यो ।

यसबर्ष राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत १० गतेबाट शुरु गरी २१ गते बिहीबारसम्ममा सकाएको थियो । चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षा थियो । चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा थियो ।

प्राविधिक धारको समेत गरी चैत २१ गते सबै परीक्षा सम्पन्न भएको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो । परीक्षामा नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा विद्यार्थी सहभागी थिए । नतिजा हेर्नका लागि {नतिजा हेर्ने यो तरिकालाई सबै समक्ष पुर्याउन सक्दो सेयर गरिदिनुहोला । } :

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ ।

प्रतिकृया दिनुहोस्