हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

क्वारेन्टाइनमै एक महिलाको मृत्यु

२१ जेठ, डडेल्धुरा । केही दिन अघी भारतबाट आएकी महिलाकाे क्वारेन्टाइनमै मृत्यु भएको छ । डडेल्धुरामा जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हाे ।

मृतक महिला र उनका श्रीमान् ४ दिन पहिले भारतबाट आएका थिए । गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको खबर आएको बताएका छन् । उनको मृत्यु कसरी भयो भन्नेबारे र काेराेना भए नभएकाेबारे रिर्पोट आएपछि पुष्टि हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ ।