हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

यी श्रीमान जसले कोरोना देखिएकी श्रीमतीलाई एकछिन छाडेनन्, जोखिम मोलेरै सँगै बसे !

काठमाडौँ – गत हप्ता गरिएको कोरोना परीक्षणबाट हेटौंडाका नवीन पौडेल दम्पत्ति चकित परे। परीक्षणमा श्रीमतीलाई कोरोना पोजेटिभ देखियो। तर, नवीन पौडेलमा बहने कोरोना नेगेटिभ देखियो।

कोरोना पोजेटिभ देखिएपछि पौडेलकी श्रीमतीलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखियो। पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएपछि पौडेल दम्पति देखि आत्तियो।

श्रीमतीलाई कोरोनाको पुष्टि भएपनि पौडेलले श्रीमतीको साथ भने छाडेनन्, सँगै बसे। स्वास्थ्यकर्मीले छुट्टै बस्न आग्रह गरेपनि पनि उनले जोखिम मोलेरै श्रीमतीसँगै बसे। आईसोलेसनमा रहँदा उनले श्रीमतीको आत्मबल दह्रो बनाउन सहयोग गरे।

कोरोना पोजेटिभ देखिँदा पनि श्रीमानको साथ पाउँदा उनले पाँच दिनमै कोरोना पराजित गरीन्। शुक्रबार र शनिबार कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि आइतबार उनलाई डिस्चार्ज गरियो। पाँच दिन सँगै आसोलेसनमा बसेर पौडेल दम्पत्ति आइतबार घर फर्कियो।