हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

टिभी, वाईफाई र सीसी क्यामेरा सहितको आइसोलेसन

स्याङ्जा : कालिका सामुदायिक अस्पतालमा मंगलबारदेखि सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालन भएको छ। सेन्टरमा वाईफाई, टेलिभिजनसहित सीसी क्यामेराका सुविधा मिलाइएको छ । मंगलबार बिहान संक्र’मण पुष्टि भएकालाई सोही आइसोलेसन वार्डमा राखिएको छ ।

भीरकोट नगरपालिका–१ स्थित हेलुमा रहेको अस्पतालमा ६० वेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । १६ वेड महिलाका लागि र अन्य पुरुषका लागि तयार पारिएको हो । जिल्लामा को’रोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सामुदायिक अस्पतालमा आसोलेसन तयार गरिएको हो। एकसातामा १२ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीयले चासो बढाएका हुन् ।

स्याङजा जिल्ला अस्पतालमा १० बनाइको शैयाको आइसोलेसन वार्ड पर्याप्त नभए पछि कालिकामा व्यवस्थित वार्ड बनाइएको हो । जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै वार्ड पनि थिएन । जसका कारण एक संक्रमित महिलालाई पोखरामा पठाउनु परेको थियो । मंगलबार संक्रमित भेटिएका ५ जनालाई कालिकाकै आसोलेसनमा राखिएको छ।

चापाकोट र विरुवाका उनीहरु मंगलबार साँझ ९ बजे ल्याइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष तोयनाथ अर्यालले जानकारी दिए । आइसो लेसन सेन्टर निर्माणका लागि अस्पताल व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, प्रशासन, सम्बन्धित स्थानीय तह र प्रदेश सरकारको सहयोग छ । अन्नपुर्ण पोस्टमा भवानी अधिकारीले लेख्नु भएको छ ।