हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । एमसीसी खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । बुधबार नेपाल क्रान्तिकारी माओवादीका विभिन्न भातृ संगठनले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो ।उक्त प्रदर्शनकारीहरुले एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने षडयन्त्र सुरु गरेको आरोप लगाएका छन् । उनिहरुले एमसीसी पारित भए घरघरमै पुगेर भएपनि आन्दोलन गर्ने बताएका छन् ।

एमसीसी पारित गर्नुको सट्टा युवाहरुलाई राष्ट्रिय अभियानमा जोडेर देश विकासमा अगाडि बढ्न प्रदर्शनकारीहरुले आग्रह गरेका छन् ।सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित परियोजना समावेश गरेपनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विवादको विषय बनेको छ । आजै माइतीघरमा जनता समाजवादी पार्टीले पश्चिम रुकुमको घटना निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।