सरकारले विदेशमा रहेका नेपाली ल्याउने काम भोलिदेखि सुरू गर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जेठ २३ गते दुई देशबाट नेपाली ल्याएर जहाज आउने भएका छन्। विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार म्यानमार र संयुक्त अरब इमिरेट्सबाट नेपाली ल्याएर जहाज आउने तालिका रहेको छ।
‘अरु सबै विवरण नेपाली सेनासँग रहेको छ। हामीलाई भोलि म्यानमार र युएईबाट उडान हुँदैछ भन्ने जानकारी छ। यी उडानबाट नेपाली पनि आउने छन्,’ केसीले भने।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) स्रोतका अनुसार युएईबाट फ्लाई दुबईले २ सय ३१ नेपाली ल्याएर भोलि आउनेछ। त्यस्तै म्यानमारबाट २६ जना आउने भएका छन्।
Recent Comments