हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

दैलेखमा एकैदिन थपिए १०५ संक्रमित

कर्णाली प्रदेशमा बिहीबार कोरोनाभाइरसका एक सय छ जना नयाँ संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दैलेख जिल्लाका मात्रै एक सय ५ जना र मुगुका एक जना संक्रमित पुष्टि भएको हो।

दैलेखको नारायण नगरपालिकाका ६४ जना, देवलकाँडाका १२ जना, स्रोतका ९ जना, मानटाकुराका ७ जना, साडुका २ जना, भगतीका ५ जना, बासकोटका एक जनामा संक्रमण पुष्टि भएको हो।

मुगु खत्याङका एक जना पुरूष पनि संक्रमित रहेको प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिए। अब कर्णाली प्रदेशमा कोरोनाका दुई सय १३ जना संक्रमित पुगेका छन्।