हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

सीमा विवादमा भारत र चीन लद्दाखमा वार्ता गर्दै

काठमाडौं- भारत र चीन सीमा विवाद अन्त्य गर्नका लागि शनिबार (आज) वार्ता गर्दै छन्। दुवै देशका बीचमा पहिलो चरणमा लेफ्टिनेट जनरल स्तरमा कुराकानी हुदै छ। दुवै देशका बीचमा पछिल्लो एक महिनादेखि सीमा विवाद चर्किएको छ।

चीन र भारतका बीच पछिल्ला दिनहरुमा लद्दाखको पैगोन्ग झिल (कोनेक्लेव झिल) र पुर्वी लद्दाखको गलवानी घाटीको संवेदनशील इलाकालाई लिएर विवाद भइरहेको छ।

दुई देशका बीचमा हुन लागेको लेफ्टिनेट जनरलस्तरीय वार्ताका लागि भारतले पहल गरेको हो। बैठकको पहिलो सत्र भारत र चीनको बीच वास्तविक नियन्त्रण रेखासँगै रहेको चुशुल मोल्दोस्थित भारतीय बोर्डर बिन्दुमा हुने छ। यो बैकठमा भारतका तर्फबाट लेहस्थित भारतीय सेनाका १४ बी कोरका कमान्डर लेफ्टिनेट जनरल हरिदर सिंह सहभागी हुने छन्।

भारत र चीनका बीचमा पहिलो पटक लेफ्टिनेट जनरलस्तरमा सीमा चौकीमा वार्ता हुने भएकाले यो निकै गम्भीर रहेको छ । भारतले चीनले आफ्नो सीमा लगातार मिचिरहेको दाबी गरिरहेको छ। सामान्यतया सीमा चौकीमा हुने यस्ता छलफल ब्रिगेडियर तहमा हुने गरेको थियो। यस पटक भारतले गम्भीरतापूर्वक लिँदै त्यसभन्दा माथि वार्ता गर्ने प्रस्ताव गरेको थियो।

दुई देशका सेना अधिकारीका बीचमा पछिल्लो मंगलबार कुराकानी भएको थियो। जसमा मेजर जनरल तहको अधिकारी सहभागी भएका थिए। यो बैठकले कुनै ठोस निर्णय नगर्ने भएपछि यो वार्ताको सुरुवात हुने भारतीय पक्षको वुझाई छ। लेफ्टिनेट जनरलस्तरीय वार्ता भएकाले यसले थप वार्ताका लागि बाटो तय गर्ने भारतीय पक्षको विश्लेषण छ।