हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

ह्याम्स अस्पतालले सुरु गर्‍यो कोरोना संक्रमितको उपचार

काठमाडौं: काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले को’रोना संक्रमितको उपचार शुरु गरेको छ। अस्पतालले को’रोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर जोतेन्द्र शर्माले जानकारी दिए। डाक्टर शर्माका अनुसार अहिले अस्पतालमा कास्कीका ६० वर्षीय को’रोना संक्रमित पुरुषको उपचार भइरहेको छ।

गुल्मी चद्रकोटका ७७वर्षीय एक पुरूष पिसाब पोल्ने उपचारका लागि मंगलबार ह्याम्स अस्पताल आएका थिए। पिसाबको चेकजाँच पछि बाहिरबाट आएकाले कोरोना परीक्षणका लागि पीसीआर गरियो। उनको शुक्रबार को’रोना पोजिटिभ आयो। डाक्टर शर्माका अनु सार मंगलबार कै दिन कास्कीका ६० वर्षीय पुरूष बेहोस भएर हेलिकोप्टर मार्फत उपचारका लागि ह्याम्स अस्पताल गएका थिए।

कास्कीका ति पुरुषलाई शुरुमा रुघाखोकी, ज्वरो केही पनि थिएन्। उनलाई भेन्टिलेटरमै राखेर उपचार गरियो। कोरोना चेकजाँच गर्दा शुक्रबार उनलाई पनि कोरोना पोजिटिभ देखियो। शुरुका दिनमा भन्दा अहिले सुधार हुँदै गएको शर्माको भनाई छ। उनले सरकारी अस्पतालमा उपचार निःशुल्क भएकाले तोकिएका अस्पतालमा जान आग्रह गर्दा विरामी र आफन्त नमानेकाले आइसीयुमा राखेर उपचार गरिएको बताए।

अस्पतालमा आएका विरामीमा कोरोना पोजिटिभ देखिएमा र विरामीको आफन्तले मानेमा ह्याम्समै उपचार गर्ने अस्पतालको तयारी थियो। ‘हामीले कोरोनाको उपचार शुरु गर्‍यौं भने अन्य विरामी भागाभाग गर्छन् भन्ने जान्दा जान्दै हामीले यो महामारी सहयोग गर्नुपर्छ भन्ने उदेश्यले उपचार शुरु गरेका हौं’ डाक्टर शर्माले अन्‍नपूर्ण अनलाइनसँग कुरा गर्दै भने ‘विश्वभर महामारी फैलिएकाले यसलाई रोकथाम गर्न र उपचार गर्न सहयोग गरेका हौं । हाम्रो अस्पतालमा आएका विरामीले दु:ख नपाउनु हाम्रो धर्म पनि हो।’ अन्नपुर्ण पोस्टमा खबर छ ।