भक्तपुर, २३ जेठ । भक्तपुर जिल्लामा शनिबार छैंटौ व्यक्ति कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । भक्तपुर नगरपालिका वडा नं. ९ कमलविनायक बस्ने ३१ बर्षीया महिलालाई कोभिड १९ पोजिटिभ भएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज पुष्टि गरेको हो ।
मध्यपुर अस्पतालमा सुत्केरी गराउन २१ गते स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जानकारी दिएको हो । संक्रमित भएकी भनेकी महिला २२ गते सुत्केरी पछि कोटेश्वर स्थित आफन्तकोमा बसिरहेको कमलविनायकका स्थानीयले बताएका छन् ।भक्तपुर कमलविनायक बस्ने दोेलखा घर भएकी उनी परिवारसंगै लकडाउन अगाडि दोलखा घर गएको स्थानीयले बताएका छन् ।
Recent Comments