हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

श्रममन्त्रीले म्यानपावरसँग घुस मागेको आरोप

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवमाथि ५ सय १२ म्यानपावर कम्पनीहरुहरुसँग एक÷एक लाख रुपैयाँ मोलतोल गरिरहेको आरोप लगाएका छन् । शनिबार आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेट अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद सिंहले उक्त आरोप लगाएका हुन् ।

वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीमा म्यानपावर कम्पनीको ईजाजतपत्र नवीकरण गर्न पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात समावेश गरिनुपर्ने व्यवस्था गरिएको छ ।कोरोना भाइरस संक्रमणपछि त्यसलाई परिवर्तन गर्न गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारमा एकसय जना कामदार नपठाएकै कारणबाट ईजाजतपत्रवाला संस्थाहरुको ईजाजत खारेजी हुने हालको व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन २०६४ मा संशोधनको प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

तर उक्त निर्णय भएको तीन महिना बितिसक्दा समेत त्यसलाई मन्त्रालयले कार्यान्वयनमा लैजान सकेको छैन ।सांसद यादवले त्यसप्रति ईंगित गर्दै भने, ‘उक्त प्रावधान संशोधन नभए ५ सय १२ म्यानपावर कम्पनीहरुको नवीकरण नहुने अवस्था छ, उक्त काम गरिदिन मन्त्रीज्युले सबै म्यानपावर कम्पनीसँग एक÷एक लाख रुपैयाँ मागेको कुरा आएको छ, स्पष्टता चाहन्छु यो भ्रष्टाचार गर्ने समय होइन ।’

मन्त्री यादवले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि प्रतिवेदन दिन मन्त्रालयका सहसचिव उमेश ढुंगानाको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलले सकेसम्म छिटो प्रतिवेदन दिने कार्यादेश दिइएको भएपनि शनिबारसम्म प्रतिवेदन दिएको छैन ।सत्तारुढ नेकपा निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मन्त्रिपरिषद्को उक्त निर्णयको कार्यान्वयन गर्न माग गरिरहेका छन् । आजको मध्यान्ह दैनिकमा खबर छ