हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

थप ३८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३२ सय ७८ पुग्यो

नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना थपिएका हुन्।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा वालिङ र भीरकोट नगरपालिकाका १४ जना पुरुष छन्।

त्यस्तै बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाकाका १० जना छन्।त्यस्तै गोरखाको पालुङटार नगरपालिकाका र गण्डकी गाउँपालिकाका १० जना छन्। नपलपरासीको हुप्से गाउँपालिकाका ४ जना रहेका छन्।योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ।