हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

भारत अब सर्वाधिक कोरोना संक्रमित भएको पाँचौ मुलुक, स्पेनलाई उछिन्यो

शुनिबार बिहान कोरोना भाइरस संक्रमित संख्यामा इटालीलाई जित्दै छैठौं स्थानमा पुगेको भारत विश्वको पाँचौ धेरै संक्रमित भएको मुलुक बनेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझ भारतले संक्रमित संख्यामा स्पेनलाई उछिनेको हो। अमेरिकाको जोनस् हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतको कुल संक्रमित संख्या शनिबार साँझ २ लाख ४५ हजार ६ सय ७० पुगेको छ।

स्पेनमा भने त्यो संख्या २ लाख ४१ हजार ३ सय १० रहेको छ। संक्रमित संख्या धेरै भएपनि कोरोनाबाट हुने मृत्युको संख्यामा भने भारत यी मुलुकभन्दा धेरै पछाडी रहेको छ।mइटालीमा हालसम्म कोरोनाका कारण ३३ हजार ७ सय ७४ जनाको ज्यान गएको छ भने स्पेनमा त्यो संख्या २७ हजार १ सय ३४ रहेको छ।

भारतमा कोरोनाबाट हालसम्म ६ हजार ६ सय ४२ जनाको ज्यान गएको छ।nसातादिन अगाडि सम्म भारतको दैनिक कोरोना संक्रमण दर करिब ६५ सय रहेकोमा हाल त्यो १० हजारको करिब पुगेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हिजो शनिबार बिहान ८ बजेसम्म ९ हजार ८ सय ८७ नयाँ संक्रमित फेला परेको र २ सय ९४ जनाको ज्यान गएको जानकारी दिएको थियो।