हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

काठमाडौंमा घरबाहिर निस्किए मानिस

२५ जेठ, काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन खुकुलो हुँदै गएको छ ।सरकारले लकडाउन खुकुलो गर्ने निर्णय नगरे पनि सर्वसाधारण स्वतःस्फुर्त रुपमा घारबाहिर काममा निस्कन थालेका छन् । आइतबार काठमाडौंका सडकमा सवारी साधनको बाक्लो चाप थियो । सार्वजनिक सवारी साधन धेरै नचले पनि निजी गाडीहरु प्रशस्त चलेका छन् ।

अघिल्ला दिनहरुको तुलनामा धेरै मानिस घरबाहिर निस्केका छन् । धेरै कार्यालय तथा व्यवसाय सञ्चालनमा आउन थालेका छन् । दुई महिना भन्दा बढी समय लकडाउन गर्दासमेत सरकारले जनजीवन सामान्य बनाउने मोडालिटी नल्याउँदा समस्यामा परेको भन्दै निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्ने बताउँदै आएको छ ।तर अहिलेसम्म सरकारले लकडाउन खुकुलो पार्ने निर्णय भने गरेको छैन ।