हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा आइतबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय पुरुष र २ जना महिलाहरु अस्पतालबाट डिस्चार्ज भएका हुन्।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या ४६७ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २१३ संक्रमित थपिएका छन्। संक्रमितमध्ये २०९ पुरष र ४ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।