हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

साउदीमा अवैधानिक रुपमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं, जेठ २५ गते । साउदीमा अवैधानिक रुपमा रहेका नेपालीलाई सम्पर्कमा आउन जेद्दामा रहेको नेपाली कन्सुलेट जनरलले आग्रह गरेको छ ।कन्सुलेटले साउदी अरेवियाको मक्का पश्चिम क्षेत्र (ताबुक, मक्का, मदिना, जिजान, अल्बाह, असिर रिजन र नजरान ) मा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा भागेर अबैधानिक भई हुरुब लागेका वा नलागेका कम्पनीले अकामा नबनाइदिएका साथै नवीकरण नगरिदिएकाले पनि कन्सुलेटमा सम्पर्क भनिएको छ ।

राहदानीको फोटोकपी, अकामा बनेको भएमा अकामाको फोटोकपी, अकामा नबनेको भएमा राहदानीको बोर्डर नम्बर भएको पेजको फोटोकपीको पेस गर्न अनुरोध गरिएको छ ।

साथै नाम, मोबाइल नम्बर, कम्पनीको नाम, स्थान विवरण खुलाउन पर्ने छ ।कन्सुलेट जनरलले अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई घरफिर्तिको लागि सूचना प्रवाह गरी समन्वय र सहयोग पुर्याउनु हुन साउदी अरेवियामा रहेका सबै नेपाली संघ संस्थाहरुलाई अनुरोध समेत गरेको छ ।

कोभिड १९ को विश्ववब्यापी संक्रमणको कारणले स्वदेश फर्कनै पर्ने अवस्था भएका नेपाली नागरिकहरुलाई नेपाल सरकारले स्वदेश फर्कन सहजीकरण गर्ने निर्णय गरेको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई पनि स्वदेश ल्याउन सुरु भइसकेको छ ।