हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

भीषण वर्षाले काठमाण्डौका केही बस्ती डुबानमा

काठमाण्डौ – आइतबार रातिको भीषण वर्षाले काठमाण्डौका केही बस्ती डुबानमा परेको छ । वाग्मती, विष्णुमती, बल्खु खोला लगायतका नदी र खोला आसपासका केही बस्ती जलमग्न भएका हुन् ।

बागबजार, कुलेश्वर लगायतका ठाउँका बस्ती पनि जलमग्न भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । राती झण्डै एक घण्टा भीषण वर्षा हुँदा नदी र खोलामा बाढी आएको हो । सोमबार बिहानै वर्षा रोकिएपछि नदी/खोलामा आएको बाढी र बस्तीमा जमेको पानी घट्न थालेको छ