हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

अस्पतालका कर्मचारीले आफ्नै शरीरमा आगाे लगाए

कालिकोट, २६ जेठ । अछाम जिल्लाको बयालपाटा अस्पतालका एकजना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगाे लगाएका छन् । साफेवगर नगरपालिका- ७ मा रहेको बयालपाटा अस्पतालमा करारमा जागिर गरिरहेका साफेबगर नगरपालिका- ६ का २७ वर्षीय सिद्धार्थ आउजीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी नन्द किशोर यादवले बताउनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय अछामको डिएसपी दिपक भारतीले बताउनुभयो ।

सुत्केरी महिलाको उद्धारका लागि काठमाडौंबाट बिहान ११ः२५ बजे बयालपाटा अस्पताल पुगेको हेलिकप्टरमा आउजीलाइ उपचारका लागि कोहलपुर मेडिकल कजेल पठाइएको छ ।