हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

अरविन्द केजरीवाललाई कोरोनाभाइरसको जस्तै लक्षण

काठमाडौं। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोनाभाइरससँग मिल्दो लक्षण देखिएको छ । दैनिक भास्करका अनुसार उनलाई ज्वरो आएको छ र घाँटीमा संक्रमण देखिएको छ । उनले आफ्नो कोरोना टेट गराउन लागेको समाचारमा जनाइएको छ । हिजो मात्र उनले पत्रकार सम्मेलन गरेका थिए ।

कोरोनाभाइरसका कारण दिल्ली पनि अत्यन्तै प्रभावित भएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ५८ हजारभन्दा धेरै भएको छ । आइतबार मात्र रेकर्ड १० हजार ८८४ केस बढेका थिए। एक दिनअघि शनिबार मात्र १० हजार ४०८ केस आएका थिए । भारतको महाराष्ट्र राज्यले मात्रै संक्रमितको संख्यामा चीनलाई उछिनेको छ । यहाँ संक्रमितको संख्या ८५ हजार ९७५ भएको छ ।