हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

भोलिदेखि चितवनमा थप कडाई गरिने, प्रशासनले दियो कडा निर्देशन

२६ जेष्ठ २०७७, सोमबार चितवन, चितवनमा आज (सोमबार) ह्वात्तै कोरोना संक्रमित बढेपछि भोलि (मंगलबार)देखि लकडाउनमा थप कडाई गरिने भएको छ । चितवनमा मात्रै एकैदिन २३ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनमा थप गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले भोलिदेखी थप कडाई गरिने बताए । उनले भने–‘भोलिदेखि लकडाउनमा थप कडाई गछौं, लकडाउनको पालना गर्न सबै चितवनबासीमा आग्रह गर्दछु ।’

उनले लकडाउनको पालना गर्न आग्रह गर्दै लकडाउन उल्लंघन गर्दै अघि बढे अवस्था भयावह हुन सक्ने भएकाले सचेत हुन आग्रह गरिने ।उनले सवारी संचालन र पसल खोल्नमा थप कडाई गरिने बताए ।

पछिल्लो केहि दिन चितवनमा लकडाउन उल्लंघन गर्दै निर्वाध रुपमा सवारी साधनहरु संचालन हुन थालेका छन् । तर चितवन प्रशासनले चितवन प्रवेश गर्ने नाका नारायणी पुलमा भने कडाई गर्दै आइरहेको थियो । सो नाकामा भोलिबाट थप कडाई गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।