हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

आफूलाई कोरोना लागेको खबर पाउदा बिरामी जाँच्दै थिए संक्रमित चिकित्सक

चितवन,चितवनको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (सोमबार) एकैदन सबैभन्दा धेरै २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि हुनेमा दुई जना चिकित्सक पनि परेका छन् ।

चिकित्सकमै कोरोना संक्रमण पुष्टि भएपछि भरतपुरका चिकित्सकहरु माझ हलचल मच्चियो ।संक्रमण पुष्टि भएलगत्तै ती ३८ वर्षीय पुरुष चिकित्सकलाई तत्कालै फोन गयो । जतिबेला चिकित्सकले आफूलाई कोरोना लागेको खबर पाए त्यतिबेला उनी बिरामी जाँच्दै थिए ।

रिपोर्ट बारे जानकारी पाए पछि उनी आइसोलनमा गएका छन् । ती चिकित्सक नारायणी सामुदायिक हस्पिटलमा कार्यररत छन् ।यस्तै हाल कुनै हस्पिटलमा पनि कार्य नगरेका चिकित्सक युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नारायणी सामुदायिक हस्पिटलको आइसीयूमा उपचाररत एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।