हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

कोरोना झन खतरनाक हुदै गएको डब्लुएचओको चेतावनी

संसारभरको धेरै देशमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आइरहेका बेला विश्व स्वास्थ्य संगठनले यो संक्रमण थप खतरनाक हुँदै गएको चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले सो कुरा बताएका हुन् । उनले पत्रकारसँगको कुराकानीका क्रममा पछिल्ला १० दिनमध्ये ९ दिनमा दैनिक रुपमा १ लाखभन्दा बढी संक्रमित भेटिएको बताएका छन् ।

उनले यसमध्ये ७५ प्रतिशत संक्रमण १० देशमा मात्रै रहेको बताए । यसरी अत्यधिक संक्रमित भेटिएका १० देशमा अमेरिकी र एसियाली देश नै रहेका छन् ।

टेड्रोसले कतिपय देशमा सकारात्मक संकेत देखिएको समेत बताएका छन् । उनले अलग अलग अध्ययनअनुसार अहिले पनि वैश्विक स्तरमा अझै पनि ठूलो जनसंख्या कोरोना भाइरसका कारण अति संवेदनशील अवस्थामा रहेको बताएका छन् ।