हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

प्रहरी हाम्रो साथी भन्दा भन्दै पानीको फोहोरा र लाठी

कोरोना महामारीले बिकराल रुप लिइरहँदा पनि भ्रष्टाचारमा लिप्त सरकारदविरुद्ध बालुवाटार अगाडि गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथसाथै पानीको फोहोराले आक्रमण गरेको छ । कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको प्रदर्शनमा प्रहरीको आक्रमणबाट केही मानिस घाइते भएका छन् भने केही पक्राउ परेका छन् ।