हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

कर्णालीमा थप २० जनामा कोरोना पुष्टि

सुर्खेत – कर्णालीमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपंक्षी राेग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १२, सुर्खेतका चार र जुम्लाका दुई जना सङ्क्रमित भेटिएकाे सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यान र सुर्खेतका एक/एक जना सङ्क्रमित भेटिएका हुन् । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ७१ पुगेको छ ।