हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण, ४ हजार ८५ पुगे संक्रमित

काठमाडौं- मंगलबार नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१ महिलासहित २९२ पुरुषमा कोरोना संक्रमण देखिएको हो।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। नेपालमा हालसम्म ५८४ जना उपचारपछि निको भएका छन्। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। आज इलाम जिल्लामा समेत कोरोना संक्रमण देखिएको छ।